काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले सेवाग्राहीको गुनासो सुन्न दैनिक १ घन्टा समय छुट्टयाएका छन् । उनले दैनिक १ घन्टा सेवाग्राहीहरूको गुनासो सुन्ने समय छुट्टयाएका हुन् ।
बिहीबारमात्रै सेवा प्रवाहका लागि ‘टाइम कार्ड’ लागू गराएका दैनिक ३ देखि ४ बजेसम्म उनले सेवाग्राहीको गुनासो सुन्ने समय छुट्याएको बताएका छन् ।
‘प्रशासनको काम कारबाहीबारे सेवाग्राहीले बाहिर गुनासो गरिरहनुभएको हुन्छ, तर हामीलाई थाहै हुन्न’, उपाध्यायले भने, ‘त्यसैले दैनिक एक घन्टा सेवाग्राहीका कुरा सुन्नलाई समय नै छुट्टयाएको हुँ ।’
यसका साथै अब कार्यालयमा सेवा लिन आउनेमध्ये ६५ वर्षमाथि, अशक्त र बच्चासहितका महिलालाई लाइनमा नराखी सेवा दिने निर्णय पनि भएको छ । कोही ७५ वर्षमाथिका सेवाग्राही भए सहयोगी लगाएर सेवा दिइने उपाध्यायले बताए ।