काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलसँग नेपाल मर्चेण्ट बैंकर्स संघका पदाधिकारीहरुले भेटवार्ता गरेका छन् । अर्थ मन्त्रालय भएको भेटवार्तामा संघका पदाधिकारीले अर्थमन्त्री पौडेल बधाइ ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिएका छन्। उनीहरुले मन्त्री पौडेलको कार्यकालमा नेपालको पुँजीबजारले कोशेढुंगा कायम गर्ने तथा अर्थतन्त्र सबल हुने विश्वास व्यक्त गरे।
े भेटघाटका अवसरमा अर्थमन्त्री समक्ष मर्चेण्ट बैंकर संघले नेपालको अर्थतन्त्रको वर्तमान अवस्था तथा अर्थतन्त्रका सम्वन्धमा मर्चेण्ट बैंकरले खेल्न सक्ने भुमिकाका सम्बन्धमा बिस्तृत विवरण पेश गरेका छन् ।
सो, अवसरमा मर्चेण्ट बैंकरका हकहितका लागि अर्थ मन्त्रालयले सम्बन्धित नियमनकारी निकाय मार्फत खेल्नुपर्ने भुमिकाका सन्दर्भमा बुंदागत रुपमा प्रकाश पारि सो विवरण माननिय अर्थमन्त्रीलाई हस्तान्तरण गरेका छन् ।