१३ औं ‘नाफिज डे’ को अवसरमा रक्तदान, सल्लाहकार समिति घोषणा

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले भदौ ३१ गते बिहीबार १३ औं स्थापना दिवस मनाएको छ । वि.सं. २०६६ भदौ ३१ गते स्थापित नाफिजले रक्तदान कार्यक्रम, आधारभुत आर्थिक पत्रकारिता तालीम घोषणा तथा सल्लाहकार समिति घोषणा गरी ‘नाफिज डे’ मनाएको हो ।

नाफिज डे को अवसर पारेर नाफिजले पाँच सदस्यी सल्लाहकार समिति घोषणा गरेको छ । समितिमा आर्थिक अभियान दैनिकका पूर्व सम्पादक एवम् फरकधार डट कमका एडभाइजर एडिटर राजेन्द्र पराजुली, जनआस्थाका सम्पादक राजेन्द्र रिमाल, क्यापिटल म्यागेजिनका सम्पादक लोक बहादुर चापागाईं, हाम्रोअर्थका सल्लाहकार सम्पादक श्रीधर खनाल र नाफिजका संस्थापक अध्यक्ष अमृत खरेल रहेका छन् ।

आर्थिक पत्रकारितामा दुई दशकको अनुभव संगालेका अग्रज पत्रकारहरुबाट नाफिजले संस्थागत रुपमा एवम् सम्पूर्ण सदस्यहरुले व्यक्तिगतरुपमा लाभ लिने अपेक्षा संस्थाले गरेको छ ।

यसैबीच नयाँ बानेश्वसरस्थित एभरेस्ट अस्पतालको सहकार्यमा अस्पतालको प्रङ्ंगणमा रक्तदान कार्यक्रम आयोजना गरियो । सो अवसरमा नाफिज सदस्य तथा सर्वसाधारण गरी ३५ जनाले रक्तदान गरे । कोभिड महामारीको त्रास कायमै रहेका बेला रक्तदानमा उल्लेख्य सहभागिता रह्यो ।

यसैगरी संघले आर्थिक पत्रकारितासम्बन्धी आधारभुत तालिम आयोजना गर्ने घोषणा गरेको छ । तालिममा आर्थिक पत्रकारितामा कलम चलाउन सुरु गरेका, आर्थिक समाचार लेख्न इच्छुक तथा तालिम लिन इच्छुक सहभागी हुनेछन् ।

असोज ३ गतेबाट शुरु गरिने सो तालिममा आर्थिक पत्रकारिताका विभिन्न पाटाहरु, श्रोतसँगको सम्बन्ध, आर्थिक समाचारका प्रमुख श्रोतलगायत विषय समावेश गरिएको छ । तालिममा प्रशिक्षार्थीहरुलाई सैद्धान्तिक तथा व्यवहारिक ज्ञान दिइनेछ भने अग्रज आर्थिक पत्रकारहरुले अनुभव बाँड्नेछन् ।

आजभन्दा १२ वर्षअघि पत्रकार अमृत खरेलको अध्यक्षतामा नाफिज स्थापना भएको थियो । त्यसयता पत्रकारको क्षमता अभिवृद्धि, अवसरको खोजी, फेलोसिप तथा विविध गतिविधिमार्फत् आर्थिक पत्रकारको क्षमता विकासमा नाफिजले सघाउँदै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स