भोलि सार्वजनिक बिदा

काठमाडौं । सरकारले भोलि सार्वजनिक बिदा दिने भएको छ ।

भोलि (पुस १५ गते )गुरुङ समुदायको महान चाड तमु ल्होसारको अवसरमा गृह मन्त्रालयले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

तमु ल्होसार गुरुङ जातिको महान चाड हो । ल्होसार भनेको नयाँ वर्ष हो । हाल यो हिन्दू जातिको भारतिय पात्रो बिकम सम्बतको पुस महिनाको १५ गतेलाई आधार मानेर मनाइने चलन छ । गुरूङ समुदायलाई जनाउने अर्को नाम तमु हो ।

तमु ल्होसारले गुरूङ समुदायको भित्तेपात्रोमा नयाँ सम्वत शुरू भएको संकेत गर्दछ । प्राचीन तमु प्यो शास्त्रको अनुसार तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उत्त्पती भएको मानिन्छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स