काठमाडौं उपत्यकामा मात्र ४३० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमा काठमाडौंमा २९३, भक्तपुरमा ३९ र ललितपुरमा ९८ संक्रमित थपिएको हो ।

काठमाडौं उपत्यकामा हाल ६ हजार ४७० सक्रिय संक्रमित रहेका छन् ।

देशभर थप १,५११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ११ जनाको मृत्यु भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स