काठमाडौं । कृषि विकास बैंकको निमित्त प्रमुख कार्यकारी पदमा अर्को व्यवस्था नहुञ्जेलसम्म सोही बैँकमा कार्यरत वरिष्ठ उपमहाप्रबन्धक प्रताप सुवेदी नियुक्त भएका छन् ।
उनलाई सो जिम्मेवारी बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले तोकेको हो । बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायको चारवर्षे कार्यकाल आइतबार सकिएको थियो ।