रवि बने गृह मन्त्री , श्रेष्ठलाई भौतिक पूर्वाधार मन्त्रालय

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृह मन्त्री बन्ने भएका छन् । सभापति लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री बन्ने भएका हुन् ।

त्यस्तै, नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।

श्रेष्ठले परराष्ट्र मन्त्रालय पाउने चर्चा भएतापनि नेताहरूबीच सहमति खोज्ने क्रममा श्रेष्ठको भागमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय परेको हो ।

प्रचण्डले अहिले प्रधानमन्त्रीको शपथ लिँदा केही मन्त्रीहरुले पनि शपथ लिने भएका छन् ।

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स