प्रचण्ड नेतृत्वको सरकारमा ३ जना उपप्रधानमन्त्री, पौडेल बने अर्थमन्त्री, आजै शपथ कार्यक्रम

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा ३ जना उपप्रधानमन्त्री रहने भएका छन् ।

सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकमा एमाले उपाध्यक्ष विष्णु पौडेल, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने उपप्रधानमन्त्री बन्ने सहमति भएको छ ।

अर्थमन्त्री भने पौडेल हुने भएका छन् । परराष्ट्र श्रेष्ठले लिएर रवि गृहमन्त्री हुने सम्भावना बढीरहेको स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डसँगै उपप्रधानमन्त्रीले पनि शपथ लिने भएका छन् । शपथ कार्यक्रम केहिबेरमा सुरु हुने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स