रास्वपाका गणेश कार्कीको प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्ने निर्णयप्रति असहमति

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संसदीय दलको नेता पुष्पकमल दाहाललाई प्रधानमन्त्रीका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गरेको समथर्नमा सो पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले असहमति जनाएका छन् ।

रास्वपाको समेत समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आइतबार प्रधानमन्त्री नियुक्त भएका छन् । प्रचण्ड नेतृत्वको सरकारमा रास्वपा पनि सहभागी हुने गरी दलहरुबीच छलफल चलिरहेको छ । सत्तास्वार्थका कारण जोसंग पनि मिल्ने र छुट्टिने गरेको देखेर जुन जोगी आए पनि कानै चिरेको भनेर आम नागरिकहरुको निराश मनस्थितिमा ‘हामी अलग छौं, अलग रहनेछौं र अलग गर्नेछौं’ भनेर मत मागेका थियौं । अहिले त्यसअनुसार नभएको भन्दै केन्द्रीय सदस्य कार्कीले असन्तुष्टि जनाएका छन् ।

हामीले समर्थन नगरेको भए प्रधानमन्त्री चयन गर्नै नसकि तत्कालै निर्वाचनमा जानु पर्ने र त्यसले राष्ट्रिय खर्चमा भार बढाउने अवस्था पनि थिएन । अंकगणितिय रुपमा सरकार बन्न १३८ जना सांसद भए पुग्नेमा अहिलेको सरकारलाई समर्थन गर्ने सांसदहरुको संख्या १६९ छ । रास्वपाले समर्थन नगरेको भए पनि यो सरकार निर्माणमा वाधा पुग्ने थिएन । चुनावको मत परिणाम आउँदै गर्दा हतार हतारमा हामी पनि उनीहरु जस्तै भन्न ‘आफ्नो कान आफै किन चिर्न थाल्यौं’, कार्कीको असहमति पत्रमा उल्लेख छ ।

ललिता निवास सरकारी जग्गा किनबेच काण्ड, वाईड वडी विमान खरिद काण्ड, कोभिड भ्याक्सिन खरिद काण्ड, प्रिटिङ प्रेस खरिदको ७० करोड काण्ड लगायतका काण्डहरु अब के हुन्छन् ? राष्ट्र्पति गैरराजनीतिक व्यक्ति हुनु पर्ने भन्दै वकालत गरेका हामीले आफ्नो तर्फबाट गैरराजनीतिक व्यक्तिलाई राष्ट्र्पतिको उम्मेदवार बनाउँन सकौंला ? खारेजै गर्नु पर्छ भनिएको संवैधानिक परिषदमा रहने पद हाम्रो भागमा पर्यो भने हामी नाई भनौंला ? हाम्रो पार्टीको चरित्र हिजो हामीले नै आलोचना गरेका पार्टीहरुभन्दा भिन्न के भयो ? बाचापत्रको स्मरण गर्दै निष्पक्ष कार्य हुनेमा आशंका व्यक्त गरेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स