अबको प्रधानमन्त्री प्रचण्ड, आलोपालोमा सरकार चलाउने जुट्यो सहमति, १६६ संसदको साथ

काठमाडौं । अब बन्ने सरकारको नेतृत्व नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने भएका छन् । नेकपा एमाले र माओवादी केन्द्रबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएसँगै अब बन्ने सरकारको नेतृत्व वा प्रधानमन्त्री प्रचण्ड बन्ने भएका हुन् ।

माओवादी केन्द्र, कांग्रेस नेतृत्वको गठबन्धन छाडेर आएपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले सहमत भएको छ ।

अहिले प्रचण्डको नेतृत्वमा सरकार बन्ने एक नेताले बताए । त्यसपछि एमालेको सरकारको नेतृत्व गर्नेछ ।
प्रचण्डलाई प्रधानमन्त्री बनाउन १ सय ६६ संसदले सहमति गरेका छन् । सत्ता गठबन्धन तोडिएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निजी निवास पुगेका माओवादीका अध्यक्ष प्रचण्ड र ओलीबीच आलोपालोमा सरकार चलाउने सहमति भएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतबार भएको छलफलमा अहिले प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स