चार्ल्स शोभराजलाई कैदमुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले सिरियल किलर चार्ल्स शोभराजलाई कैदमुक्त गर्न आदेश दिएको छ । न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले शोभराजलाई आजै कैदमुक्त गर्न आदेश दिएको हो ।

शोभराजले दिएको बन्दीप्रत्यक्षीकरण मुद्दामा इजलासले १९ वर्ष कैद सजाय भोगिसकेको र ७८ वर्षको वृद्ध भएकाले उनले कानूनले दिएको सुविधा पाउनुपर्ने भनेको हो।

जेष्ठ नागरिकले पाउनु पर्ने ७५ प्रतिशत कैद छुटको सुविधा दिलाउन माग गर्दै सर्वोच्चमा रिट हालेका थिए।

इजलासले सुनुवाइपछि निवेदनको माग जायज ठहर्‍याएर थुनामुक्त गर्नु भनी आदेश जारी गरेको हो ।

आदेशमा शोभराजलाई अन्य मुद्दामा कैद भुक्तानी गर्नुपर्ने अवस्था नभए आजै मुक्त गरी १५ दिनभित्र आफ्नै देशमा फिर्ता पठाउन भनिएको छ ।

सर्वोच्च अदालतको आदेशमा निज शोभराजले ७५ प्रतिशत कैद भुक्तान गरिसकेको र चालचलन पनि खराब नदेखिएको भन्दै उनलाई संविधान अनुसार वृद्धको सुविधा दिनुपर्ने उल्लेख छ ।

सन् १९७५ (विक्रम संवत २०३२) मा अमेरिकी नागरिक कोन्नीजो ब्रोन्जिजलाई काठमाडौंको मनहरामा मारेको दुई दिनमै उनले क्यानेडियन नागरिक लरेन्ट अरमान क्यारिअरेलाई भक्तपुरको साँगामा हत्या गरेका थिए।

हत्यापछि फरार भएका शोभराज २०६१ सालमा काठमाडौं आएका बेला उनलाई प्रहरीले पक्राउ गरेको थियो। अदालतले उनलाई आजीवन कारावासको सजाय सुनाएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स