काठमाडौं । बिहिबार छापावाला सुनको मूल्य ७ सय रूपैयाँले घटेको छ ।
बुधबार, सुन प्रतितोला ९१ हजार २ सय रूपैयाँ कायम भएकोमा आज भने ७ सय रूपैयाँले घटेर ९० हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ९० हजार रुपैयाँ कायम भएको छ ।
साथै, बुधबार चाँदी प्रतितोला १२ सय रूपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।