मेस्सीले पाए गोल्डेन बल भने एमबाप्पेले गोल्डेन बुट हात पारे, गोल्डेन ग्लोभ्स मार्टिनेजलाई

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले गोल्डेन बल अवार्ड हात पारेका छन् । कतारको दोहास्थित लुसेल रङ्गशालामा आज भएको २२औं संस्करणको फाइनल खेलमा मेस्सी उत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल हात पारेका हुन् ।

मेस्सीले कतार विश्वकपमा ७ खेलमा कुल ७ गोल गरेका छन् ।

त्यस्तै, फ्रान्सका फरवार्ड केलियन एमबाप्पेले गोल्डेन बुट हात पारेका छन् ।

एमबाप्पे सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट हात पारेका हुन् ।

एमबाप्पेले ७ खेलमा ८ गोल गर्दै गोल्डेन बुट जितेका हुन् ।

उनले अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई पछि पार्दै गोल्डेन बुट जितेका हुन् ।

मेस्सीले ७ खेलमा ७ गोल गरेका छन् ।

एमबाप्पेले अर्जेन्टिनाविरुद्धको फाइनलमा ह्याट्रिक गरेका थिए ।

त्यस्तै, अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले गोल्डेन ग्लोभ्स अवार्ड हात पारेका छन् ।

उनी उत्कृष्ट गोलकिपर बन्दै गोल्डेन ग्लोभ्स अवार्ड जितेका हुन् ।

मार्टिनेजले फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

मार्टिनेजले फाइनलमा फ्रान्सको २ पेनाल्टी रोकेन सफल भएका थिए ।

अर्जेन्टिनाका इन्जो फर्नान्डेजले युवा खेलाडीको अवार्ड प्राप्त गरे ।

अर्जेन्टिनाले ३६ वर्षपछि फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ ।

फ्रान्सलाई टाइब्रेकरमा ४-२ गोलअन्तरले हराउदै अर्जेन्टिनाले विश्वकपको उपाधिमा ह्याट्रिक गरेको हो । यसअघि अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा दुई पटक उपाधि जितिसकेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स