आधुनिक फेसन डिजाइनका गडफादर बर्नार्ड आर्नो बने विश्वकै धनाढ्य

काठमाडौं । विश्वको सर्वाधिक धनाढ्य व्यक्तिको सूचीको पहिलो स्थानमा फ्रान्सेली अर्बपति बर्नार्ड आर्नो सूचीकृत भएका छन् । फोब्सको रियल–टाइम धनाढ्यको सूचीअनुसार चर्चित फेसन ब्रान्ड लुई भिँटोका प्रमुख कार्यकारी अधिकृत(सीईओे) बर्नार्ड विश्वकै धनी व्यक्ति बनेका हुन् ।

अमेरिकी खर्बपति व्यापारी तथा विद्युतीय सवारी साधन निर्माता टेस्ला इंकका एलन मस्कलाई पछि पार्दै अर्बपति बर्नार्ड संसारकै धनी व्यक्ति बनेका हुन् ।

७३ वर्षीय बर्नार्ड आर्नोलाई आधुनिक लक्जरी फेसन उद्योगको गडफादर पनि मानिन्छ । उनी विश्वको सबैभन्दा ठूलो फेसन समूह एलभीएमएचका संस्थापक अध्यक्ष र सबैभन्दा ठूलो सेयरधनी हुन् । बर्नार्डको कुल सम्पति १८५.७ अर्ब अमेरिकी डलर रहेको छ । एलभीएमएच समूहमा लुँई भिँटो, जिभान्सी, केन्जो लगायत दर्जनौं चर्चित ब्रान्ड छन् ।

विश्व अर्थतन्त्र लड्खडाइरहेको भएपनि एलभीएमएचले निरन्तर सुदृढ आम्दानी र मुनाफा गर्दै आएको छ । मस्क भने दोस्रो स्थानमा आएका छन् । उनको कुल सम्पति अहिले १८५.४ अर्ब डलर छ ।

अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले धमाधम ब्याजदर बढाइरहेको अनि आर्थिक मन्दीको भय बढिरहँदा घरेलु प्रविधि कम्पनीहरुको सेयर तीव्र कमी आइरहेको छ सूचीको तेस्रो स्थानमा भारतीय अर्बपति गौतम अडानी छन् । उनको कुल सम्पति भने १३४ दशमलव ८ अर्ब डलर रहेको छ । एजेन्सी

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स