संघीय संसदलाई सुनचाँदी जडित लोगो बनाउँदै संसद सचिवालय

काठमाडौं । नवनिर्वाचित संघीय सांसदहरूलाई सुनचाँदीलगायतका धातु मिसिएको लोगो बनाउन सुरु भएको छ । सघीय संसद सचिवालयले नवनिर्वाचित सांसदहरूका लागि लोगो बनाउन सुरु गरेको हो ।

संसदमा प्रतिनिधित्व गर्ने २७५ जना सांसदका लागि सचिवालयले डिजाइन गरेको वृत्ताकार लोगोमा २ लाल सुनको जलप र १ तोला चाँदीको लेप लगाइएको सुनौलो नेपालको नक्सा, त्यसअघि नेपालको झण्डा र त्यसलाई महिला र पुरुषको दुई हात फैलाएर बोकेको भाव झल्कने छ ।

लोगोको तल्लो भागको किनारामा रातो अक्षरले ‘संघीय संसद नेपाल’ लेखिएको छ । ३.५ सेन्टिमिटर व्यास रहेको लोगोमा पित्तलबाट बनेको नेपालको नक्सामा सुनको जलप लगाइएको छ । लोगोमा रहने दुई हात भने तामाबाट बनाइएको छ ।
उक्त लोगो सरकार बन्नु अघि नै प्रतिनिधिसभाका सांसदहरूलाई वितरण गर्ने तयारी संसद सचिवालयले गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स