काठमाडौं । कर्मचारी सञ्चय कोषको प्रशासकमा जितेन्द्र धिताल नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले धितालाई आगामी पाँच वर्षका लागि प्रशासकमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी २०७८ भदौ देखि कोषको निमित्त प्रशासकका रुपमा काम गर्दै आएका थिए ।
अर्थ मन्त्रालयले कोषमा प्रशासक छनोटका लागि तीन जनाको नाम सिफारिस गरेको थियो । सरकारले सिफारिस भएका तीन जनामध्ये धिताललाई नियुक्त गर्ने निर्णय गरेको हो ।
चार्टर्ड एकाउन्टेन्ट गरेका उनले ०६५ सालमा कर्मचारी सञ्चय कोषको चार्टर्ड एकाउन्टेन्टका रुपमा प्रवेश गरेका थिए ।