प्रदिप पौडेलको पहिलो कदमः मेलम्चीको पानी निर्वाद रुपमा ल्याउनेदेखि बाहिरी चक्रपथ निर्माणमा देखिएका समस्या खोज्नेसम्म

काठमाडौं । प्रतिनिधिसभाका नवनिवार्चित उम्मेदवार प्रदिप पौडेलले सांसद नै नछिरिकन आफ्नो क्षेत्रको विकासमा चासो देखाएका छन् । प्रतिनिधिसभामा निवार्चित भएपछि बधाइ लिने क्रमकै बीच उनले विभिन्न आयोजनाका विषयमा चासो देखाएर छलफल सुरु गरेका हुन् ।

यसैबीच उनले बाहिरी चक्रपथ निर्माणका विषयमा चासो देखाएर विभिन्न स्थानको भ्रमण तथा अवलोकन गरेका छन् । मेलम्चीको पानी बाह्रै महिना निर्वाद रुपमा आउनेदेखि नेपाल विद्युत प्राधिकरण र मेलम्ची खानेपानी आयोजना निर्माण गर्दा बिगारिको बाटोहरूको निर्माणका विषयमा छलफल गरेका छन् । यी आयोजना निर्माण गर्न तथा गरिरह्दा कहाँ, कसरी, कस्तो खालको समस्या परेको छ, त्यस विषयमा अध्ययन गरेर समाधान खोज्न सुरु गरेको उनले बताए ।

‘म निवार्चित भएपछि बाहिरी चक्रपथ निर्माणमा के कस्तो समस्या रहेछ, त्यस वारेमा बुझ्नको लागि केहि साइटहरूको अलाइनमेन्टमा भ्रमण गरे’ उनले भने ‘बाहिरी चक्रपथको अलाइनमेन्ट परेको स्वयम्भु पछाडि हजारौं बुद्धको मूर्ति भएको स्थान २० मिटरभित्र पर्दो रहेछ ।’ धर्म र आस्थासँग जोडिएको यस क्षेत्रमा कसरी निर्माण कार्य अगाडि बढाउन सकिन्छ भनेर पनि छलफल गरे ।’

जवकि बाहिरी चक्रपथको अनाइनमेन्ट अनुसार ५० मिटरभित्र केहि निर्माण गर्न नपाइने मोडेल तयार भएको छ,’ उनले भने ‘अन्य स्थानमा पनि यस्तै समस्या रहेछ ।’ विभिन्न ६ खण्डमा विभाजन गरेर निर्माण गर्ने लागिएकोे उक्त आयोजना निर्माणको लागि चाइना कम्पनीले जिम्मा पाएको र यसलाई अघि बढाउन अर्थ मन्त्रालयअन्तर्गतको विकास साझेदार चाइना डेक्ससँग छलफल गर्ने उनले बताए ।

काठमाडौं क्षेत्र नम्बर–५ ले आज आयोजना गरेको बधाई कार्यक्रममा बोल्दै उनले भने ‘ मेलम्चीको पानी ७ महिना नभइ १२ रै महिना आउने गरी काम अघि बढाउन छलफल भएको छ । नवनिवार्चित पौडेलले आफू विजय भएर भएपछि मेलम्चीको पानी सधै भरि आइरहने गरी निर्माण कार्य गर्न एउटा समिति बनाएर काम अघि बढाउन छलफल सुरु गरेको बताए ।

‘मेलम्ची निर्माणमा ६५ अर्ब रुपैयाँ खर्च भइसकेको छ,’ उनले भने ‘अब ५/७ अर्ब रुपैयाँ खर्च गर्दा सधैभरि आवाद रुपमा पानी आइरहन्छ भने त्यसका लागि खर्च गर्नुपर्छ ।’ यसका साथै मेलम्ची आयोजनाको पाइप विच्छ्याउँदा खनेका सडकहरू अझै नबनेकाले जति सक्दो छिटो सो सडक तथा बाटोहरू निर्माण गर्न समेत सम्बन्धित पक्षलाई निर्देशन दिएको उनले बताए ।

वर्षा याममा मेलम्चीको पानी ल्याउँदा कहाँ र कस्तो समस्या पर्छ यस विषयमा अध्ययन गरेर अघि बढ्न काठमाडौं क्षेत्र नम्बर १ का नवनिवार्चित उम्मेदवार प्रकाशमान श्रेष्ठ र पौडेलबीच छलफल भएको समेत उनले जानकारी गराए ।

आर्थिक अनियमितता र भष्टाचारलाई न्यूनीकरण गर्ने मूल मुद्दा बनाएका पौडेल विजय भएर आएपछि काठमाडौं महानगरलाई कुरुप बनाएको तार व्यवस्थापन गर्दा र मेलम्ची खानेपानीले बिगारेको बाटो जतिसक्दो छिटो गर्न पनि सम्बन्धित निकायसँग घचघच्याएका हुन् । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेटेर यस्तो निर्देशन दिएका हुन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स