भोलिबाट क्वाटरफाइनलका खेलहरु सुरु, पहिलो खेल ब्राजिल र क्रोएसियाबीच हुने, अन्य कुन देशको कुन समय ?

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा भोलि (मंसिर २३ गते) बाट क्वाटरफाइनलका खेलहरु सुरु हुने भएका छन् । मंगलबार (मंसिर २० गते) राति अन्तिम प्रि-क्वाटरफाइनल खेल सकिएसँगै भोलिबाट क्वाटरफाइनलका खेलहरु सुरु हुन लागेको हो ।

क्वाटरफाइनलमा ८ देशबीच प्रतिस्पर्धा हुने छ । साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, इंग्ल्यान्ड, नेदरल्यान्ड्स, मोरक्को र पोर्चुगलले अन्तिम आठमा स्थान बनाउन सफल भएका छन् ।

पहिलो क्वाटरफाइनल खेल ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा हुने भएको छ । यी दुवै देशबीचको खेल नेपाली समयअनुसार शुक्रबार राति ८ः४५ बजेबाट सुरु हुनेछ ।

त्यस्तै, सोहि दिन दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ । खेल राति १२ः४५ बजे हुनेछ ।

तेस्रो क्वाटरफाइनलमा शनिबार मोरोक्को र पोर्चुगलबीच हुने छ । खेल राति ८ः४५ बजेदेखि सुरु हुनेछ ।

त्यस्तै, अन्तिम क्वार्टरफाइनल खेल इंग्ल्यान्ड र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार राति १२ः४५ बजेबाट सुरु हुनेछ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स