काठमाडौं । बुधबार छापावाला सुनको मूल्य ६ सय रूपैयाँले बढेको छ ।
मंगलबार, सुनको मूल्य ९० हजार ६ सय रूपैयाँ कायम भएकोमा आज भने ६ सय रूपैयाँले बढेर ९१ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रुपैयाँ कायम भएको छ ।
साथै, मंगलबार चाँदी प्रतितोला १२ सय रूपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।