काठमाडौं । सरकारले उधौली पर्व र योमरी पुन्हिको अवसरमा सार्वजनिक बिदा दिने भएको छ ।
गृह मन्त्रालयले भोलि (मंसिर २२ गते) उधौली पर्व र योमरी पुन्हिको अवसरमा सार्वजनिक बिदा दिने निर्णाय गरेको हो ।
भोलिको दिन नेवार समुदायले योमरी पुन्हि र किराँत समुदायले उधौली पर्व मनाउने चलन रहि आएको छ ।