दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश

काठमाडौं । राजीव गुरुङ (दीपक मनाङे) नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री गुरुङले एक विज्ञप्ति जारी गर्दै एकीकृत समाजवादीमा प्रवेश गरेको जनाएका हुन् ।

आफ्नो विचार, उद्देश्य र एकीकृत समाजवादीको नीति र सिद्धान्तसँग मिल्ने भएकाले एकीकृत समाजवादीमा प्रवेश गरेको गुरुङले बताएका छन् ।

उनलाई सोमबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराएका हुन् ।

मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र नं २ बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका उनी निर्विरोध निर्वाचित भएका थिए ।

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स