सेन्चरी बैंकले गर्यो लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट ५ प्रतिशत लाभांस वितरण गर्ने भएको छ । २०७९ मंसिर १४ गते बेलुका ५ बजे बसेकोे बैंक सञ्चालक समितिको ३७२ औं बैठकले चुक्ता पुँजीको ५ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव पास गरेको हो ।

बैंकको २०७९ असार मसान्तमा कायम चुक्ता पुँजी ९ अर्ब ५५ करोड ३९ लाख ९ हजार १९८.८९ रुपैियाँ हुन आउने रकम ४५ करोड ३८ लाख १० हजार ६८६.९५ रुपैयाँ बराबरको बोनश सेयर वितरण गर्ने र कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.२५ प्रतिशतले े हुन आउने रकम २ करोड ३८ लाख ८४ हजार ७७३ रुपैयाँ नगद लाभाशं वितरण गर्ने निर्णय गरेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी १२औं वार्षिक साधारणसभाबाट पारित भएपश्चात वितरण गरिनेछ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र प्रभु बैंक लिमिटेडबिच मिति २०७९÷०४÷१५ मा संस्था प्राप्ति सम्बन्धी सहमती भएको छ ।

जसअनुरुप प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गर्नेछ र पौष मसान्तभित्रनै एकीकृत कारोबार गर्ने गरी प्राप्ति प्रक्रिया अगाडी बढेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स