काठमाडौं–५ मा कांग्रेसका युवा नेता प्रदिप पौडेल विजय

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका नेता प्रदीप पौडेल निर्वाचित भएका छन् ।
प्रतिनिधिसभा सदस्यमा लागि भएको चुनावमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै पौडेल निर्वाचित भएका हुन् ।

प्रदिप पौडेलले १५ हजार २१२ मत ल्याएर विजय भएका हुन् । ईश्वर पोखरेलले १० हजार १६८ मत प्राप्त गरेका छन् । यस अघि २०७४ को निर्वाचनमा पोखरेलले विजय हासिल गरेका थिए । ५ हजार ४४ को भारी मतान्तरले नेपाली कांग्रेस जिजय भएको हो ।

काठमाडौं क्षेत्र नम्बर–५ मा पौडेलको पल्ला भारी, नयाँ र पुरानामध्य कसलाई रोज्लान् आम मतदाताले ?

त्यसैगरी काठमाडौं –१ मा कांग्रेस नेता प्रकाशमान सिहले र क्षेत्र नम्बर–४ मा गगन थापाले विजय हासिल गरिसकेका छन् भने क्षेत्र नम्बर १० मा राजेन्द्र केसी अग्रस्थानमा रहेका छन् । नेपाली कांग्रेसले सबैभन्दा पहिला मनाङबाट विजयको कित्ता खोलेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स