नेशनल लाइफ इन्स्योरेन्सको सबै सूचकमा उम्दा, ५३ अर्बको जीवन बीमा कोष

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ११ करोड रुपैयाँ नाफा गरेको छ । इन्स्योरेन्सले जीवन बीमा कोषको आकार ५३ अर्बभन्दा माथि बनाउन सफल भएको छ । जीवन बीमा कोषको आकार १९.७८ प्रतिशतले वृद्धि गरी ५३ अर्ब ७७ करोड लाख रुपैयाँको बनाउन सफल भएको छ ।

कम्पनीको महाविपत्ति कोष र जगेडा कोष सहित कुल कोषको आकार ५४ अर्ब ९० करोडभन्दा बढि पुगेको छ । कम्पनीको समग्र कोषको आकार १९ प्रतिशतले वृद्धि भएको छ । जीवन बीमा कोषका लागि सबैभन्दा महत्वपूर्ण भनेको जीवन बीमा कोष हो ।

कम्पनीको व्यवसाय २१.२५ प्रतिशतले वृद्धि भएको तथ्यांकमा देखिएको छ । गत आवको यसै अवधीमा तीन अर्ब ४४ करोड रुपैयाँ व्यवसाय गरेको कम्पनीले यस आवको तीन महिनामा चार अर्ब १८ करोड १० लाख ६० हजार ४३८ रुपैयाँको व्यवसाय गर्न सफल भएको छ ।

कम्पनीको खुद दावी भुक्तानी ५६ प्रतिशतले वृद्धि गरेको छ । गत आवको तुलनामा कम्पनीको खुद दावी भुक्तानी बढेको हो । कम्पनीको खुद दावी भुक्तानी १ अर्ब ३५ करोड ५२ लाखबाट बढेर दुई अर्ब ११ करोड ९९ लाख नाघेको छ ।

कम्पनीले लगानी, कर्जा तथा अन्य र बीमालेख धितो कर्जाबाट प्राप्त आम्दानी ७.१ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । गत आवको यसै अवधीमा १ अर्ब ९ करोड ७९ लाख रुपैयाँ आम्दानी गरेकोमा चालु आवमा वृद्धि भई एक अर्ब १७ करोड ५९ लाख पुगेको छ ।

कम्पनीको व्यवस्थापन खर्च भने घटाएको छ । गत आवको ३ महिनामा २७ करोड ८० लाख रुपैयाँ खर्च गरेको छ । चालु आवको ३ महिनामा २७ करोड ४३ लाख यस्तो खर्च गरेको छ । कम्पनीले आफ्ना अभिकर्ताहरुलाई दिने कमिशनमा १०.१८ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले समीक्षा अवधिमा ४१ करोड ८४ लाख ५७ हजार १२६ रुपैयाँ आफ्ना अभिकर्ताहरुलाई कमिशन वापत वितरण गरेको छ ।

पहिलो त्रैमासमा कम्पनीको मुनाफा ३५.०१ प्रतिशतले वृद्धि भई आठ करोड ६७ लाखबाट बढेर ११ करोड ७१ लाख आठ हजार ९१२ रुपैयाँ पुगेको छ । नाफामा आएको सुधारसँगै कम्पनीको प्रतिसेयर आम्दानीमा ११.६१ रुपैयाँ पुगेको छ भने प्रतिसेयर कूल सम्पत्तिको मूल्य १५७०.२१ पुगेको छ । प्रतिसेयर नेटवर्थ १२८.०९ रुपैयाँ रहेको छ ।

कम्पनीको बीमा पोलिसीमा उल्लेख्य वृद्धि भएको छ । गत आवमा ९ लाख ७० हजार ४९४ वटा बीमा पोलिसी कायम रहेकोमा चालु आवको तीन महिनाको अवधीसम्म आईपुग्दा वृद्धि भई १६ लाख ६९ हजार ६२८ पुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स