सरकारले मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने

काठमाडौं । सरकारले मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले आज एक सूचना सार्वजनिक गर्दे निर्वाचनका लागि मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मतदानस्थल रहेका शिक्षण संस्थाहरू भने मंसिर २ गतेदेखि ५ गतेसम्म नै बन्द हुनेछन् ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले मतदानस्थल रहेका शिक्षण संस्थाहरू २ गतेदेखि ५ गतेसम्म र सरकारी कार्यालय र सार्वजनिक निकायहरु ४ र ५ गते बन्द हुने जानकारी दिएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स