आन्तरिक पर्यटन प्रवद्र्धनको लागि रणनीतिक कार्ययोजना तयार हुँदै

काठमाडौं । नेपाल पर्यटन बोर्ड, जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) ले नेपालको आन्तरिक पर्यटन प्रवद्र्धनका लागि रणनीतिक कार्ययोजना निर्माण गर्ने भएको छ ।

कार्ययोजना निर्माणका लागि (एसटीएलआरपी) ले विज्ञहरुको सहभागितामा विभिन्न प्रादेशिक मन्त्रालय,नगरपालिका तथा पर्यटनसंग सम्बन्धित निकायहरु बीच कार्यशाला समेत आयोजना गरिसकेको छ । उक्त कार्यक्रम मार्फत आन्तरिक पर्यटनको वर्तमान स्थिति, आन्तरिक पर्यटनको प्रवर्द्धनमा बाधा पु¥याउने विद्यमान नीतिभित्रका अन्तरहरूको अन्वेषण र विश्लेषण, नीतिगत वर्तमान आवश्यकता, आन्तरिक पर्यटन प्रवर्द्धनका लागि तीन तहका सरकारको भूमिका र दायित्व आदी बिषयवस्तुमा गहन छलफल गरी आन्तरिक पर्यटन रणनीतिक कार्य योजना निर्माण गरिने परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणिराज लामिछानेले जानकारी दिए ।

जस अनुसार बोर्डले पहिलो चरणमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको प्रदेश पर्यटन मन्त्रालय,नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्टस (नाटा) होटल एशोसिएसन नेपाल (हान), तथा विभिन्न नगरपालिका र पर्यटनसंग सम्बन्धित अन्य विभिन्न सरोकारवाला सस्थाहरुसंग मिलेर कार्ययोजना तयार गर्न लागेको हो ।

प्रदेशमा आयोजना गरिएको कार्यशालामा विज्ञ तथा सरोकारवालाहरुले स्पष्ट पर्यटनमैत्री नीति,पर्यटनमा एकद्धार प्रणाली,पर्यटन व्यवसायलाई २४ सै घण्टा सञ्चालनको व्यवस्था र जनशक्ति क्षमता अभिवृद्धिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । यस्तै कार्यशालाको अवसरमा व्यवसायीहरुले स्थानीय खाद्यान तथा घरवास कार्यक्रमलाई प्रोत्साहन गर्नु पर्ने बताए ।

लुम्बिनीमा आयोजित कार्यशालामा सरोकारवालाहरुले आन्तरिक पर्यटन प्रवद्र्धनको रणनीति आवश्यक रहेको बताउँदै आन्तरिक पर्यटन प्रवद्र्धनका लागि अल्पकालीन,मध्यकालीन तथा दीर्घकालीन योजना तर्जुमा गर्नु पर्ने कुरामा जोड दिए । यस्तै सुदूरपश्चिमको धनगढीमा आयोजित कार्यशालामा नेपालमा आन्तरिक पर्यटनको प्रचुर सम्भावना रहेकोले यसको प्रवद्र्धनको लागि छुट्टै आन्तरिक पर्यटन प्रवद्र्धनको रणनीति एवं ठोस योजना आवश्यक रहेको बताए ।

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहकार्य तथा सहलगानीमा कोभिड–१९ को संकटको कारणले रोजगार र आय आर्जनका अवसरहरु गुमाएका पर्यटन क्षेत्रका श्रमिक वा मजदुरहरुले अल्पकालिन रोजगारका अवसरहरु प्राप्त गर्ने र प्रमुख पर्यटकीय गन्तब्यस्थलहरुका पर्यटकिय सम्पदाहरुको सम्वर्धन र विकासका कार्यक्रम मार्फत पर्यटन उद्यमी र श्रमिकहरुको लागि रोजगार र आयआर्जनका अवसरहरुमा बृद्धि गर्ने उद्धेश्यले जीविकोपार्जन पूनरुत्थानका लागि दीगो पर्यटन परियोजना संचालनमा ल्याइएको थियो ।

यसै सन्दर्भमा परियोजनाले कोभिड–१९ का कारणबाट पर्यटन व्यवसायीहरु तथा जनशक्तिहरुमा परेको प्रभावलाई मूल्याकन गरी आगामी दिनहरुमा विपत्ती तथा चूनौतिहरुसंग सामना गर्न सक्नेगरी आन्तरिक पर्यटन रणनीतिक कार्य योजना निर्माण गर्न लागेको परियोजनाका जिजिकोपार्जनविज्ञ धर्म दवाडीले जानकारी दिए । उनले यस प्रकारका कायृत्रशाला क्रशम सबै प्रदेशमा आयोजना गरिने र सोको आधारमा रणनीति तय गरिने समेत जानकारी दिए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स