निर्वाचनका दिन अत्यावश्यक बाहेक अन्य सवारीसाधन चलाउन नपाइने, क-कसले पाउँछन् ?

काठमाडौं । मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन अत्यावश्यक बाहेक अन्य सवारीसाधन चलाउन नपाइने भएको छ । चुनावको दिन निर्वाचन आयोगले अत्यावश्यक सेवा बाहेक अन्य सवारी साधन चलाउन नपाइने व्यवस्था गरेको हो ।

आयोगले चुनावको दिन अत्याश्यक सेवा र कुटनीतिक नियोगको सवारी साधनले अनुमतिपत्र लिनुपर्दैन । आयोगका अनुसार एम्बुलेन्स, खानेपानीको ट्यांकर, दमकल, दूरसञ्चार सेवा, शव बाहन, अस्पताल सेवा, विद्युत सेवा, फोहोरमैला ओसारपसार गर्ने सवारी साधन, दूध बोक्ने सवारी साधन अत्याश्यक सेवामा पर्छन ।

सञ्चारकर्मीहरुलाई सूचना विभाग वा सञ्चारगृहबाट जारी परिचय पत्रका आधारमा सवारी साधन चलाउन दिने आयोगले जनाएको छ ।

अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको सवारी साधनलाई पनि नरोकिने आयोगको भनाइ छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स