धानको न्यूनतम समर्थन मूल्य तोकियो, प्रति क्विण्टल कति ?

काठमाडौं । सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । नेपाल सरकार (मन्त्रिपरिषद्को) कार्तिक १६ गतेको निर्णयानुसार आर्थिक वर्ष २०७९/८० का लागि मोटा धान र मध्यम धानको न्यूनतम समर्थन मूल्य तोकिएको हो ।

जसअनुसार मोटा धान प्रति क्विण्टल २,९६७ रूपैयाँ र मध्यम धान प्रति क्विण्टल ३,१२८ रूपैयाँ न्यूनतम समर्थन मूल्य तोकिएको छ ।

गत आ.व. र यस वर्षको न्यूनतम समर्थन मूल्यको तुलनात्मक विवरण तल दिइएको छ ।

आ.व.                    मोटा धान (प्रति क्विण्टल)                         मध्यम धान (प्रति क्विण्टल)
२०७८/७९                 २७५२ रूपैयाँ                                      २९०२ रूपैयाँ
२०७९/८०                  २९६७ रूपैयाँ                                      ३१२८ रूपैयाँ
प्रति क्विण्टल फरक         २१५ रूपैयाँ                                        २२६ रूपैयाँ

न्यूनतम समर्थन मूल्य अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि. बाट धान खरिद हुने व्यवस्था छ । यसैगरि न्यूनतम समर्थन मूल्यमा कृषि सहकारीमार्फत धान खरिद गर्न ३३ करोड बजेट व्यवस्था रहेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनामार्फत कृषि सहकारीका लागि तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरिदका लागि छिट्टै सूचना प्रकाशन कार्य गरिने छ । हाल स्वीकृत कार्यविधि अनुसार तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने कृषि सहकारीहरुलाई ११२ रूपैयाँ प्रति क्विण्टल व्यवस्थापन खर्च उपलव्ध गराउने व्यवस्था छ । गत वर्ष यस कार्यक्रम अनुसार करिब ९ हजार मे.टन धान खरिद भएको थियो । यस आर्थिक वर्षमा ३ लाख मे.टन धान खरिदका लागि ३३ करोड रकम विनियोजन रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स