विश्वकप हेर्न सर्वसाधारणले ५ सय तिर्न नपर्ने सर्वोच्चको आदेश

काठमाडौं । अब विश्वकप हेर्न सर्वसाधारणले ५ सय रुपैयाँ तिर्न नपर्ने भएको छ । सर्वोच्च अदालतल विश्वकप फुटबल हेर्नका लागि नेपाली दर्शकबाट प्रतिग्राहक ५ सय रूपैयाँ असुल्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

अधिवक्ता किशोर पौडेल र अनुपम भट्टराईले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले ग्राहकमाथि अपूरणीय क्षति हुनसक्ने भन्दै अतिरिक्त शुल्क नलिइ यथास्थितिमा राख्न आदेश दिएको छ ।

विश्वकपको प्रत्यक्ष प्रसारणको अनुमति लिएको मिडिया मिडिया हब प्रालि तथा टेलिभिजन सेवा प्रदायकले प्रति ग्राहक ५ सय रुपैयाँ लिएरमात्रै विश्वकप प्रत्यक्ष विश्वकप हेर्ने सुविधा पाउने निर्णय गरेको थियो ।

सञ्चार मन्त्रालय सहित विश्वकपको प्रत्यक्ष प्रसारणको अनुमति लिएको मिडिया होम तथा टेलिभिजन सेवा प्रदायक समेतलाई विपक्षी बनाइ रिद दर्ता गराएको थियो ।

आगामी मंसिर ४ गतेबाट कतारमा सुरु हुन लागेको विश्वकप फुटबलको एकाधिकार कायम गर्दै मिडिया मिडिया हब प्रालिले हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्ने अनुमति लिएको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स