कांग्रेसको सूचना संक्लन तथा अनुगमन उपसमितिमा ३ सय ७३ सदस्य थप

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ केन्द्रीय प्रचारप्रसार समितिअन्तर्गत रहेको निर्वाचन सूचना संकलन तथा अनुगमन उपसमितिमा ३ सय ७३ सदस्य थप गरेको छ । कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरको संयोजकत्वमा रहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सूचना संकलन तथा अनुगमन उपसमितिमा आज तीन सय ७३ सदस्य थप गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसले आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सूचना संकलन तथा अनुगमन गर्नका लागि निर्माण गरिएको उपसमितिको सहसंयोजकमा कांग्रेस केन्द्रीय कार्यालयका पूर्वमुख्यसचिव डा शोभाकर पराजुली र सदस्यसचिवमा अधिवक्ता लक्ष्मी दाहाल रावललाई जिम्मेवारी दिएको छ । कांग्रेसले यसअघि पार्टीका प्रवक्ता डा प्रकाशशरण महतको संयोजकत्वमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ केन्द्रीय प्रचारप्रसार समिति गठन गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स