अब प्रत्यक्ष प्रधानमन्त्रीको कन्सेप्टमा जानुपर्छः डा.स्वर्णिम वाग्ले

काठमाडौं । अर्थविद् डा.स्वर्णिम वाग्ले अब प्रधानमन्त्री सांसद नभइ प्रत्यक्ष चुन्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभा निर्वाचनको विषयलाई लिएर बुद्धिजीवी तथा पेशागत समूहले आज शनिबार आयोजना गरेको कार्यक्रममा अर्थविद् वाग्लेले सांसद मन्त्री हुन नपाउने बहस सुरु गर्नुपर्ने बताए ।

यस्तो नयाँ अवधारणाको विकास गर्न अर्थात यसलाई स्थापित गर्न युवा सांसदले महत्वपूर्ण भुमिका खेल्नुपर्ने उनले जिकिर गरे । ‘भोलिका दिनमा राष्ट्रका लागि योगदान गर्न सक्ने युवा नेताले यसको नेतृत्व लिनु पर्छ,’ उनले भने ‘नीतिगत परिवर्तन ल्याउन सक्नुपर्छ, अहिले विद्यमान ४८ वटा ऐनहरू खारेज गरेर नयाँ ऐन ल्याउन महम भुमिका खेल्न सक्नुपर्छ ।’

‘सिंगो राज्य संरचनालाई समृद्ध बनाउन अर्थतन्त्र, राजनीति र सामाजिक संरचनालाई ओदानको अंगिकार गरेर कांग्रेस आफ्नो घोषणापत्र तयार पारेको छ,’उनले भने ‘फराकिलो अर्थतन्त्र निर्माणको केन्द्रमा मध्यम वर्गलाई राखिएको छ ।’

उद्योग केन्द्रीत अर्थतन्त्र निर्माण हाम्रो आवश्यकता भएकोले समन्यायिक समाज निर्माणका लागि युवा पुस्ताले खेल्नुपर्ने भुमिका पनि अहम नै रहेको उनले उल्लेख गरे । नेपाल अतिकम विकशित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुँदै गरेको प्रशंग पनि उनले उक्त अन्तक्र्रियामा बताए ।

देशमा मौलाएको भष्ट्राचार न्यूनीकरण गर्न सकिएन भने हामीसँग भावी पिढीलाई सुम्पने कुनै आधार नरहने जिकिर पनि उनले गरे । नेपाल सार्वभौम सत्ता सम्पन्न देश भएकोले हाम्रो आफ्नै पहिचान र मूल्य मान्यता र त्यहि हैसियतमा हामी अन्तर्राष्ट्रिय क्षेत्रमा उभिनु सक्नेपर्ने पनि उनले औल्याए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स