काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । गुजरावालाको अल्लाहवाला चोक नजिकै र्यालीमा जान लाग्दा उनी माथि गोली प्रहार भएको हो । उनी सवार कन्टेनरमा आक्रमणकारीले ३/४ राउण्ड गोली हानेका थिए ।
उनको खुट्टामा गोली लागेको र उनलाई अस्पताल लगिएको पाकिस्तानी संचारमाध्यमहरुले उल्लेख गरेका छन्। गोली लागे पनि खान खतरामुक्त भएको बताईएको छ ।
घटनामा अरु ३/४ जना पनि घाइते भएका पाकिस्तानी सञ्चार माध्यमले जनाएको छ । घाइते हुनेमा पाकिस्तान तहरीक-ए-इन्साफका नेता फैसल जावेद पनि रहेको बताइएको छ ।
प्रहरीले गोली चलाएको आरोपमा एक जना युवकलाई पक्राउ गरेको छ ।