ट्वीटर भेरिफाइडका लागि मासिक ८ डलर तिर्नुपर्ने, यस्ता पाउने छन् सुविधा

काठमाडौं । अब ट्वीटरको एकाउन्ट भेरिफिकेसन अर्थात् ब्लु टिक साइन पाउनको लागि मासिक ८ डलर शुल्क तिर्नु पर्ने भएको छ । मस्कले मंगलबार राति ट्विटरमा भेरिफाइड अकाउन्टहरुका लागि शुल्क तोकेका हुन् ।

यसअघि यसका लागि २० डलरको प्रस्ताव राखेका थिए । तर फरक फरक देशको फरक फरक क्रयशक्ति भएकाले क्रयशक्ति समता अनुसार मासिक आठ डलर तोकिएको हो ।

उनले यसरि मासिक ८ डलर तिर्नेलाई थप सुविधा हुने पनि बताएका छन् । उनले रकम तिर्ने प्रयोगकर्ताले रिप्लाई, मेन्सन र सर्चमा प्राथमिकता पाउने बताएका छन् । त्यस्तै रकम तिर्ने प्रयोगकर्ताले अरुको भन्दा लामो अडियो तथा भिडियो पोस्ट गर्न सक्ने बताईएको छ । त्यस्तै रकम तिर्ने प्रयोगकर्ताको ट्वीटरमा अन्य प्रयोगकर्ताको तुलनामा आधा मात्र विज्ञापन देखिने मस्कले बताएका छन् ।

मस्कले आगामी दिनमा पैसा दिनेहरुका लागि कम विज्ञापन, खोज्न र जवाफ दिन सहज, लामो अडियो भिडियो पोष्ट गर्ने लगायतका धेरै सुविधा पाइने छ । यसबाट ट्वीटरको आम्दानी बढ्ने र कन्टेन्ट बनाउनेहरुलाई पनि फाइदा हुने बताएका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स