काठमाडौं । १४ महिनादेखि निरन्तर ओरोलो लागेको सेयर बजारमा कारोबार रकम र नेप्से परिसूचक दुबैमा उछाल आएको छ । निरन्तर मार्केट घटी रह्दैन र मार्केट बढि पनि रहँदैन, विगतको अघिल्लो बुल बियरलाई नियाल्दा पनि नेप्से परिसूचक १८८८ बाट ११०२ आउँदा करिब ४१ प्रतिशत नेप्से परिसूचकमा गिरावट आएको थियो । हाल पनि ३२२७ बाट १८०६ सम्म आउँदा नेप्सेमा ४४ प्रतिशत गिरावट आएको छ ।
प्रतिशतको हिसावले हेर्दा विगतभन्दा यो अझ बढि हो भने विभिन्न सूचकांकहरूलाई नियाल्दा यो बेयरिसको न्यूनतम बटम लाइन पनि हो । १४ महिनाको बुल चलिरहँदा १५ महिनाको बेयर चलिसकेको छ । यस कारण टाइम फ्रेम अनुसार यो बटम लाइन हो ।
अघिल्लो बुल कारोबारमा २ अर्ब ५३ करोडको अधिकतम कारोबार भएको थियो । र बियरिस ट्रेनको न्यूनतम कारोबार औसत २० करोडको हाराहारीमा भएको थियो । जुन अधिकतम कारोबारबाट न्यूनतम कारोबार रकम ८ प्रतिशतमात्र हो ।
हालको बुल तथा बेयरको ट्रेनलाई नियाल्दा ३२२७ नेप्से परिसूचक पुग्दा २१ अर्ब ५३ करोडको उच्चतम कारोबार भएको थियो हाल बेयरिस ट्रेनको औसत न्यूनतम कारोबार ५० करोड हाराहारीमा भएको छ । जुन प्रतिशतका हिसाबले अधिकतम कारोबारबाट न्यूनतम कारोबारको रकम २.५ प्रतिशतमात्र भएको छ ।
अघिल्लो बुल र बेयरको ट्रेनमा औसत कारोबार रकम अझ कम हो । किन भने २.५ प्रतिशमात्रै कम कारोबार भएको देखिन्छ । यस कारण पनि यो बियरिस ट्रेनको बटम लाइन हो भन्न सकिन्छ ।
असोज मसान्त सकिएको र ब्याज किस्ताको झण्झटबाट लगानीकर्ता मुक्त भएकाले कारोबारमा सेलिङ प्रेसर आएन भने १८ सय बिन्दुभन्दा तल नकटाइकन मार्जिन कल नआउने हुनाले पनि ‘पेनिक’ सेलिङ आउन बन्द भयो । जसले गर्दा ४ सातासम्म एउटै १८ सय बिन्दुको लाइनमा रहेर सेयर एकुमुलेशन भएको देखिन्छ ।
जब कारोबार रकम घट्दै गयो लगानीकर्तामा आत्मबल बढ्दै गयो । बैंकिङ प्रणालीमा सीडी रेसियोको चाप घट्दै गयो र असोज महिनामा ६६ अर्ब निक्षेप संकलन भयो । जसले गर्दा तरलतामा सहज हुन गयो भने बैंक तथा वित्तीय संस्थाहरूले भटाभट लाभांश घोषणा गर्न थाले । राजनीतिक पार्टीहरूले पु्ँजी बजार प्रति पार्टींको धारण र आगामी कार्य दिशाको सम्बन्धमा स्पष्ट मार्ग चित्र प्रस्तुत गरे । जसले गर्दा लगानीकर्तालाई पुँजी बजारप्रति सकारात्मक र उत्साहित बनायो । जो टेक्निकल एनलाईसिस् गर्नेहरू थिए, उनीहरूले तल्लो तल्लो बिन्दु देखाएर माथिल्लो बिन्दुमै सेयर एकुमुलेशन गर्न भ्याइसके ।
ट्रेडरहरूको लागि हामीले विगतका न्यूजहरूमा पनि भन्दै आएको १९१० को नेप्से परिसूचक कटेमा मार्केटमा ट्रेडरहरूको व्यापक इन्ट्री हुने सम्भावना थियो । आज नेप्से परिसूचक १९१० कटेको हुनाले पनि टेक्निकल हेरेर खरिद गर्ने ट्रेडरहरू मार्केटमा इन्ट्री गरेका छन् । जसले गर्दा १९१० बाट १९३० सम्म पुग्नलाई धेरै समय लागेको छैन ।
टेक्निकल रुपमा हेर्नुपर्दा ‘आरएसआई’ ले डब्ल्यू डब्बल सिंगल बनाएर अगाडि बढेको छ । जसले मार्केट तेजी रहने र अझै माथि जाने संकेत गर्दछ भने ‘एमएफआइर्’ सिंनलले पनि मन्थमा २२.३९ बाट माथितिर फर्किएको छ । जसले खरिद चापको संकेत गर्दछ भने यो मन्थ्ली रुपमा भएकोले बियरिसको बटम लाइन हो भन्ने संकेत गरेको छ ।
‘एमएसीडी’ मा पनि बुलिस क्रस ओभर देखिएको छ । गाँडा हरियो रंगमा हिस्टोग्राम पनि लम्बिदै गएको छ । जसले खरिद चाप र मार्केटमा पोजेटिभ सिंनल दिएको छ । यसले टेक्निकल रुपमा पनि खरिद गर्न यो समय उपयुक्त हो भनि जानकारी दिएको छ ।
नजिकिँदो चुनाब, राजनीतिक पार्टीहरूको पुँजी बजार प्रतिको सकरात्मक धारण घोषण पत्रमा समेटिनु र भावी सरकारको पालामा अझै केहि नीतिगत परिवर्तन हुन्छ भन्ने सकारात्मक सोचले पनि पुँजी बजारमा आज उछाल आएको देखिन्छ ।