काठमाडौं । पूँजी बजार एक किसिमको रणनैतिक खेलपनि हो तर यो वास्तविक्तालाई सबैले आत्मासाथ गर्न सकिरहेका हुँदैन। पूँजी बजार कमाउदा जति सुन्दर छ,गुमाउदा त्यतिनै निर्मम र कुरुप पनि छ। त्यसै कारण केहि लगानिकर्ताले सेयर बजारको यात्रालाई गम्भिर रुपमा बुजन नसक्दा जिन्दगीनै समाप्त भएका केहि घटना पनि सेयर बजारमा छन् ,जसलाई लगानीकर्ताले सामान्य रुपमा लिइहेको हुन्छ। जब त्यो परिस्थितिको सामना गर्नु पर्नै समय आउछ तब उसले संसार अन्धकार देख्छ।
सेयर बजार ३२२७ बाट केहि उत्तार चढाब सहित बजार निरन्तर बेयरिस यात्रामा छ। तर बेयरिस यात्राको पनि एउटा निष्चित बिदु हुन्छ, जसरि बुलिस यात्राको ३२२७ उच्च बिन्दु थियो।त्यसै गरि अब बेयरिस यात्राको पनि न्यून बिन्दुमा सेयर बजार चलिरहेको छ। जुन सबै लगानीकर्तालाई बिश्वास लागिरहेको हुँदैन,बजार निरन्तर बेयरिस यात्रामा हुनाले अझैबजार तल जान्छ भन्ने मनोविज्ञान हाभिभएको हुन्छ,त्यस मनोविज्ञानमा लगभग पुर्णबिराम लागिसकेको छ।
नेप्सेले लगभग १८०६को बिन्दु लाइनै यस बेयरिसको बटम लाइन बनाइ सकेको छ किनभने टेक्निकलरुपमा हेर्दा हरेक इन्डिकेटरहरुले मन्थल्लि बिभिन्न इन्डिकेकटरहरुबाट बियरिस चक्रपुरा गरिसकेको देखिन्छ।
सेयर बजारमा यदि सहि समयको पहिचान गरेर सेयर खरिद बिक्रि गर्न जानिएनभने सेयर बजार बाट गुमाउन सकिन्छ। त्यसैले घटेर बेयरिस ट्र्रेडकोबटम लाइनमा डराएर हल्लाहरुको पछिलागेर अझै घट्छ भनेर किनिएन र बुलिस चरणको पिकलेभलमा अझै बढ्छ भनेर बेचन सकिएनभने सेयर बजार बाट हातलागेको प्रोफिट वा साँउ समेत गुमन सक्छ। त्यसैले भन्ने गरिन्छ,सेयर बजारमा डर र लोभलाई जित्न सक्किएन भने बजार बाट गुमाउनेनै हो।