दाङको बबई नदीमा नुहाउन गएका दुई किशोरीको शव करिब २७ घण्टापछि फेला

दाङ । दाङको बबई नदीमा नुहाउन गएका दुई किशोरीको शव करिब २७ घण्टापछि फेला परेको छ। शनिबार दिउँसो पौने २ बजेतिर डुबेर बेपत्ता भएका दुई किशोरीको शव आज दिउँसो करिब साढे ३ बजे प्रहरी र स्थानीय वासिन्दाको टोलीले शव फेला पारेका हुन् ।

शनिबार दिउँसो पौने २ बजेतिर नदीमा नुहाउन गएका दंगीशरण गाउँपालिका-२ सिमलकुुना निवासी अन्दाजी १५/१६ वर्षीया रमा शाही र सल्यान दमाचौर घर भई दंगीशरण २ स्थित मामाघर आएकी अन्दाजी १४/१५ वर्षीया गोमाचन्द बगेर बेपत्ता भएका हुन् ।

तुलसीपुर उपमहानगरपालिका-११ र दंगीशरण गाउँपालिका-२ को सिमानामा पर्ने सोही क्षेत्रमा नुहाउन तीन किशोरी गएका थिए ।

तीमध्ये दुईजना पौडी खेल्न बीचमा गएको र अर्की दंगीशरण-२ सिमलकुना निवासी १३ वर्षीया निरुता बस्नेत छेउमै थिइन् । उनीहरु दुवैजना डुबेपछि निरुताले स्थानीयवासीलाई खबर गरेकीले स्थानीयवासीले प्रहरीलाई बोलाएको थियो ।

 

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स