काठमाडौं । सिन्धुपाल्चोकमा नेपाल चीन सीमा केन्द्रविन्दुमा दुई वटा भूकम्पको धक्का महसुस भएको छ ।
पहिलो धक्का दिउँसो ३ बजेर ७ मिनेट र दोस्रो धक्का ३ बजेर ५३ मिनेटमा गरि २ पटक भूकम्पको धक्का महशुस भएको हो ।
दोस्रो धक्का करिब ४६ मिनेटको अन्तरमा गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
पहिलो भूकम्प ५.९ म्याग्नेच्युटको र दोश्रो कम्पन ४.५ म्याग्निच्युटको रहेको केन्द्रले जानकारी दिएको छ ।
भूकम्पले खासै केहि क्षति नप्राएको केन्द्रले जनाएको छ ।
पहिलो भूकम्प राजधानी काठमाडौं सहित नेपालसँग सिमाना जोडिएका भारत र चीनका केहि स्थानमा पनि महशुस भएको थियो ।