काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ ।
आज (बुधबार) दिउँसो ३ बजेर ७ मिनेटको समयमा ५.९ म्याग्निच्यूडको भूकम्प गएको हो ।
सो भूकम्प सिन्धुपाल्चोक नजिक नेपाल चीन सीमा क्षेत्र केन्द्रबिन्दु भएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको झड्का सिन्धुपाल्चोकसहित राजधानी र आसपासका जिल्लामा महसुश भएको छ ।
भूकम्पको क्षतिबारे हालसम्म कुने जानकारी प्राप्त भएको छैन ।