काठमाडौं महानगरभित्रका व्यवसाय महानगर मै दर्ता हुनुपर्ने, ३० दिनभित्र दर्ता नगरे बन्द गरिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र व्यवसाय दर्ता गरेरमात्र सञ्चालन गर्न आग्रह गरेको छ। आज एक सूचना जारी गर्दे काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र व्यापार व्यवसाय सञ्चालन गर्द दर्ता गरेर मात्र सञ्चालन गर्न आग्रह गरेको हो।

संघीय सरकार र प्रदेश सरकारबाट इजाजत लिएका व्यवसायहरू समेतले समेत महानगरपालिकामा व्यवसाय दर्ता गर्नु पर्ने र दर्ता नगरी व्यवसाय सञ्चालन गर्दै आएको पाइएकोले दर्ता गर्न महानगरले आग्रह गरेको हो।

महानगर क्षेत्रभित्र दर्ता नभई सञ्चालित व्यवसायलाई ३० दिनभित्र आफ्नो नजिकको वडा कार्यालयमा दर्ता हुन पनि महानगरले आग्रह गरेको छ।

महानगरपालिकाको अनुगमनका क्रममा व्यवसाय दर्ता नगरी व्यापार व्यवसाय गरेको पाइएमा काठमाडौं महानगरपालिका राजस्व ऐन, २०७५ को दफा ३४ को उपदफा (ग) बमोजिम व्यवसाय बन्द गरी नियमानुसार जरिवाना समेत असुल गरिने महानगरले जनाएको छ।

साथै महानगरपालिकाको आर्थिक ऐन, २०७९ को अनुसूची-७ को बुदा नं. ३ बमोजिम आर्थिक वर्ष २०७२/०७३ लाई आधार वर्षका रूपमा लिई व्यवसाय कर असुली गरिने समेत महानगरले जनाएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स