भाइटिकाको शुभ साइत सार्वजनिक, कुन देशमा कुन समय उत्तम ?

काठमाडौं । यस वर्षको भाइटिको शुभ साइत बिहान ११.३७ मिनेटमा तोकिएको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालमा कार्तिक १० गते ११.३७ मिनेटमा टिका लगाउन उत्तम साइत तोकेको हो ।

समितिले नेपाललगायत अन्य देशमा पनि कुन समयका भाइटिका गर्दा शुभ साइत हुन्छ भनेर तोकेको छ । लण्डनमा २६ अक्टोबर ११.१५ मिनेटलाई शुभ साइत तोकिएको छ भने पेरिस र फ्रान्समा पनि सोही समयलाई शुभ मानिएको छ ।

अमेरिकाको न्यूयोर्कमा २६ अक्टोबर ११.२५, केन्टुकीमा ११.२९, टेक्सासमा ११.३३, वासिङटन डिसीमा ११.३७ क्यालिफोनियामा ११.३१ बजे भाइटिको लागि शुभ साइत भएको समितिले जनाएको छ ।

देशैपिच्छे यस्तो छ भाइटिको साइत

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स