राउण्ड टेबल नेपालको सम्मान समारोह आयोजना

काठमाडौं । राउण्ड टेबल नेपालले शुक्रबार संघीय राजधानी काठमाडौंमा एक सम्मान समाहरोहको आयोजना गरेको छ ।राउण्ड टेबल इन्टरनेशनलमाआफ्नो सम्मानजनक छवी बनाउन सफलव्यक्तित्वहरुलाई राउण्ड टेबल नेपालले सम्मान गरेको हो ।

सम्मानितहुनेहरुमा नेपाली नागरिकको तर्फबाट पहिलो पटक राउण्ड टेबल इन्टरनेशनलको अध्यक्षबन्न सफलजयन्तअग्रवाल, राउण्ड टेवलइन्टरनेशनलका एसिया प्यासेफिकअध्यक्ष सौरभ केडिया, राउण्ड टेबल इन्टरनेशनलकाका कन्टेन्ट क्रिएटर तथावोर्ड असिस्टेन्ट विमल सिद्धार्थ बेद थिए।

सम्मानित व्यक्तित्वहरुलाई राउण्ड टेवल नेपालकाअध्यक्ष राहुल अग्रवालले मायाको चिनो प्रदान गरेका थिए । सो समाहरोहमापूर्व सांसद बिमल केडिया,एनएएफ टीएका अध्यक्ष विनोद सेठिया,उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारका, रोटरी क्लवका डिस्ट्रक गभर्नरजितेन्द्र राजभण्डारी, लाइन्स क्लब काउन्सिलका अध्यक्ष केशव पाण्डे, नेपाल पर्यटन बोडका धन्नजय रेगमी, ४१ कल्ब अफ नेपालका अध्यक्ष मनोज दास,लेडिज सरकल नेपालका अध्यक्ष मानसी अग्रवाल, कान्तिपुरका प्रमुख कार्यकारी अधिकृत महेश्वर स्वरले आतिथ्यता ग्रहण गर्दै सम्मानित व्यक्तिहरुलाई सुभकामना मन्तब्य दिएका थिए।

सम्मान समाहरोहमा डेडसय भन्दा बढिको उपस्थिति रहेको थियो । कार्यक्रम राउण्ड टेवल नेपालकाअध्यक्ष राहुलअग्रवालको सभापतित्वमा आयोजना भएको थियो । राउण्ड टेबल इन्टरनेशनलअन्तरर्गत विश्वका ६५ देशमा ३०हजार सदस्यहरु रहेका छन् ।

राउण्ड टेबल नेपाल, नेपालमा सन् १९८९ माश्री चन्द्र कुमार गोल्छाको अग्रसरतामा सुरुवात भएको थियो । यसअन्तर्गत हालसम्म देशका १२ वटा सहरमा ३३ वटा टेवल गठन भइसकेका छन् । राउण्ड टेबल नेपालले ‘शिक्षामार्फत स्वतन्त्रता’ नामक दीर्घकालिन परियोजना चलाउँदै आएको छ ।

राउण्ड टेबल नेपालले ५० भन्दा बढि विद्यालयहरुको अपनत्व ग्रहण पनिगरिसकेको छ । तीविद्यालयमा ३८० भन्दा बढि कक्षा कोठा निर्माण गरी धेरै विद्यार्थीहरुलाई छात्रबृति समेत प्रदानगर्दै आएको छ । टेबलले देशभरिका २० हजार छात्रछात्राहरुका लागिअध्ययनगर्ने वातावरण समेत बनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स