काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमा काठमाडौंमा २५७, भक्तपुरमा ४१ र ललितपुरमा ५६ जना संक्रमित थपिएको हो ।
त्यसैगरि, काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ६ हजार ५५४ पुगेको छ ।
देशभर थप १,१४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २१ जनाको मृत्यु भएको छ ।