सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा एक दिन सार्वजनिक बिदा दिने

काठमाडौं । सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा एक दिन सार्वजनिक बिदा दिने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको बताए । कुन दिन राष्ट्रिय बिदा दिने भन्ने बारे चाहि
निर्णय भइनसकेको उनले बताए ।

वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको एक सय तीन वर्षको उमेरमा ललितपुर ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको थियो।

पिसाब सङ्क्रमण, छाती तथा मुटुको समस्याबाट पीडित उनी पछिल्लो समय डेङ्गुबाट समेत सङ्क्रमित भई सो मेडिकल कलेजमा यही असोज ७ गते भर्ना भई उपचाररत थिए । शताब्दी पुरुषको आज बिहान ७ बजेर ९ मिनेटमा निधन भएको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स