काठमाडौं । भारतको विहार बर्गिनिया घर भएका ब्रह्मदेव पासवान विगत १० वर्षदेखि नेपालका विभिन्न भागमा पुराना कागज तथा धातुजन्य कवाडी समान संकलन गरिरहेका छन् । फोहोरबाट मोहोर कमाउन पासवान जस्तै थुप्रै भारतीय कवाडी सामान संकलन गरिरहेका भेटिन्छन् ।
मोरङको सुन्दरहरैचा नगरपालिका क्षेत्रभित्र मात्रै दर्जनभन्दा धेरै कवाडी संकलन केन्द्र रहेका छन् । सुनसरी इनरुवाका सञ्जय चौधरीको आरके कवाडी पसलमा छ कवाडी संकलक रहेका छन् । उक्त कवाडी पसलका व्यवस्थापक भारत विहारकै समी जैसवाल हुन् । संकलकहरुले गाउँसहरका विभिन्न भागबाट संकलन गरी ल्याएको कागज प्रतिकिलो २० रूपैयाँ, धातुजन्य सामान प्रतिकिलो ५५ रूपैयाँ, गाडीका पुराना टायर दुई सय देखि पाँच सयसम्म र सिसाको बोतलप्रति ओटा डेढदेखि दुई रुपैयाँसम्ममा खरिद बिक्री गर्छन् ।
यस्ता सामग्री उद्योगमा पु¥याएर प्रशोधन गरी पुनः प्रयोगमा ल्याइन्छ । गाउँगाउँमा गएर पुराना सामान संकलन गर्ने व्यक्ति नेपालमा पाउनै मुस्किल भएको जैसवालले बताए । राम्रो आम्दानी भए पनि यो पेसामा नेपालीको आकर्षण देखिँदैन ।
भारत विहार घर भएका राकेश जैसवालका अनुसार बिहानैदेखि राम्ररी साइकलमा गाउँ घुम्दा दुई हजार पाँच सयसम्म आम्दानी हुन्छ । यही पेसाले आफ्नो परिवार चलेको जैसवालले बताए ।