काठमाडौं । शुक्रबार छापावाला सुनको मूल्य १ सय रूपैयाँले बडेको छ ।
बिहिबार, सुनको मूल्य ९० हजार ६ सय रूपैयाँ कायम भएकोमा आज भने १ सय रूपैयाँले बढेर ९० हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ९० हजार २ सय रुपैयाँ कायम भएको छ ।
साथै, बिहिबार चाँदी प्रतितोला १२ सय १० रूपैयाँ कायम भएकोमा आज भने ५ रूपैयाँले बढेर १२ सय १५ रूपैयाँ कायम भएको छ ।