१६ अंकले बढ्यो नेप्से, अभियान लघुवित्तमा लाग्यो सर्किट, यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । दशैंअघिको अन्तिम दिनको कारोबारमा सेयर बजारमा हरियाली छाएको छ ।

बिहीबार, नेप्से परिसूचक १६.२९ अंकले बढेर १८५३.७६ अंक विन्दुमा आइपुगेको छ ।

आज १७ लाख ९१ हजारको कित्ता सेयर ६३ करोड २४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ लाइफ इन्स्योरेन्स बाहेक सबै कम्पनीहरुमा हरियाली देखिएको छ ।

आज १३४ वटा कम्पनीको सेयर मूल्य बढ्दा ४७ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, अभियान लघुवित्तको सेयरमा ९.९८ प्रतिशतको सर्किट लागेको छ ।

आज नेपाल इन्स्योरेन्स प्रोमोटर सेयरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ४ करोड ४८ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यसैगरि, नबिल बैंकको २ करोड ९० लाख, एनटिसीको २ करोड ६२ लाख, रिडी हाइड्रोपावरको २ करोड २० लाख र हिमालय डिस्टिलरीको २ करोड ५ लाख रुपैयाँमाथिको कारोबार भएको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स