राष्ट्रियगानका रचनाकार माइलालाई ‘डा एपिजे अब्दुल कलाम सम्मान’ दिइने

काठमाडौं । भारतको डा. एपिजे अब्दुल कलाम फाउन्डेशनले नेपाली राष्ट्रियगानका रचनाकार व्याकुल माइला (प्रदीपकुमार राई) लाई उनले कविता र साहित्यमा उत्कृष्ट दिएको योगदानको मूल्यांकन गर्दै ‘डा एपिजे अब्दुल कलाम अवार्ड २०२२’ प्रदान गर्ने भएको छ ।

फाउन्डेशनले भारतका पूर्वराष्ट्रपति कलामको ९१ औं जन्मजयन्तीका अवसरमा आगामी १५ अक्टोबर (असोज २९ गते) पश्चिम बंगालमा हुने कार्यक्रममा माइलालाई सम्मान ग्रहणका लागि निमन्त्रणा पठाइएको छ । समारोहमा भारत र नेपालका संस्कृतिकर्मीबाट सांस्कृतिक, साहित्यिक र सामाजिक गतिविधि हुने जनाइएको छ ।

यसैबीच नेपाल सरकारको मन्त्रिपरिषद्को यही असोज ७ गतेको बैठकले उनको सहज जीवनयापनका लागि मासिक २५ हजार भत्ता उपलब्ध गराउँदै आएकामा उक्त रकमका वृद्धि गरी मासिक ५० हजार उपलब्ध गराउने निर्णय गरेका स्रष्टा राईले सरकारलाई धन्यवाद दिएका छन् । गणतन्त्र स्थापनापछि २०६३ सालमा गठित राष्ट्रियगान चयन कार्यदलको सिफारिसबमोजिम माइलाको ‘सयौं थुंगा फूलका हामी…’ छनोट भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स