काठमाडौं । काठमाडौं महानगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेको छ । सामग्री खरिद गर्दा समस्या आएमा कामपाको टोल फ्री नं १६६००१००५५११ मा समयमा नै जानकारी दिन आग्रह गरिएको छ ।
महान् पर्व बडादशैं र तिहारलाई लक्षित गरेर कामपा उपप्रमुख सुनिता डंगोलको संयोजकत्वमा आजदेखि बजार अनुगमन थालिएको छ । कामपाले अनुगनका लागि तीन टोली परिचालन गरेको छ । टोलीले आज प्रदर्शनी मार्गस्थित टुकुचा तरकारी बजार, खसी बजार र त्यस क्षेत्रका मासु पसलको अनुगमन गरेको थियो ।
त्यसपछि खाद्य संस्थान थापाथलीको सुपथ बिक्री कक्षमा बिक्री कक्ष, प्रदर्शन कक्ष र भण्डार रहेको भाटभटेनी सुपरमार्केटमा खाद्य वस्तुको बिक्री वितरणको अवस्था हेरिएको थियो ।
अनुगमनका क्रममा खाद्य संस्थान थापाथलीको सुपथ बिक्री कक्षमा म्याद गुज्रिन लागेको चामल भटिएको उपप्रमुख सुनिता डंगोलले जानकारी दिइन् । उनले कुनै पनि सामग्री खरिद समयमा केही समस्या परे कामपाको हटलाइन नम्बरमा फोन गरी गुनासो टिपाउन आग्रह गरिन् ।