काठमाडौं । बिहिबार छापावाला सुनको मूल्य १ सय रूपैयाँले घटेको छ ।
बुधबार, सुनको मूल्य ९० हजार ७ सय रूपैयाँ कायम भएकोमा आज भने १ सय रूपैयाँले घटेर ९० हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ९० हजार १ सय रुपैयाँ कायम भएको छ ।
साथै, बुधबार चाँदी प्रतितोला १२ सय २० रूपैयाँ कायम भएकोमा आज भने १० रूपैयाँले घटेर १२ सय १० रूपैयाँ कायम भएको छ ।