काठमाडौं । घामपावर नेपालले १ दिने कार्यक्रम डिजि कृषि सफलतापूर्व सम्पन्न गरेको छ। कम्पनीले यहि भदौ ३१ गते शुक्रबार उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
उक्त कार्यक्रममा निजी संस्था, सरकारी तथा गैह्र सरकारी संघ संस्था, विश्वविद्यालयबाट प्रतिनिधीहरू, कृषि र प्राविधक विद्यार्थी र साथ साथै विभिन्न मिडिया तथा पत्रकारहरू गरी ८५ जना भन्दा बढिको सहभागीता रहेको थियो ।
कार्यक्रमको शुरूवात घाम पावर नेपालका कृषि सेवा प्रमुख आवर्त पाण्डेले कार्यक्रमा सहभागी जनाइदिएका सहभागीलाई विशेष धन्यवाद व्यक्त गर्दै कार्यक्रमको औचित्य र उद्देश्य बारे प्रकाश पारेका थिए। कार्यक्रमलाई वत्ताको प्रस्तुीकरण र प्यानल छलफल गरेर दुइ भागमा विभाजन गरिएका थियो । घाम पावर नेपालका कृषि विश्लेषक किरण तिमिल्सिनाले नेपालमा वर्तमान कृषिको अवस्था, कृषिमा भैरहेको डिजटलिकरण, नीतिगत कुराहरू कोट्याउँदै, घाम पावरले कृषिको डिजिटलिकरणमा गरिरहेका काम र भोग्नु परेको चुनौतीहरूको बारेमा चर्चा गरे ।
यसका साथ साथै घाम पावर नेपालले विकास गरेको विविध कृषि सेवाहरू लिइरहनुभएका श्रीमती सविना मानन्धर र अमर थिंग जी घाम पावरको कृषि प्रविधि अंगाले पछिका अनुभवहरू सम्पूर्ण सहभागीहरूमा साझा गरेका थिए ।
कार्यक्रमको दोश्रो चरणमा ५ जना विभिन्न क्षेत्रबाट पालेका विशिष्ट वक्ताहरू बीच प्यानल छलफल कार्यक्रम गरिएको थियो । प्यानल छलफलमा मोडरेसन घाम पावर नेपालमा कृषि अधिकृत हार्दिक सापकोटाले गरेका थिए । प्यानल छलफलको क्रममा फरवार्ड लघुवित्त संस्थाका कर्जा विभाग प्रमुख श्रीमती हिरा थन्दार जीले कर्जा लगानी बाहेक पनि किसान सँग नजिकै काम गरिरहेको बताए ।
किसानले हाम्रो लघुवित्तबाट कृषि प्रयोजनको कर्जा लिँदा खेरी १ महिना मै कर्जा तिर्न नपर्ने र उत्पादन भएर बजारमा बेचे पछि कर्जा तिर्न सकिने कुरा पनि बताउनु भएको थियो । साथै कृषि तथा पशु विज्ञान अध्यन संस्थान अनुसन्धान र प्रकाशन निर्देशनालयका प्रमुख श्रीमती हुमा न्यौपानेज्यूले स्नातक र स्नातोकत्तरमा डिजिटल कृषि सम्बन्धित पाठ्यक्रमहरू निर्माण गरी छिटो भन्दा छिटो लागू गरिने कुरा बताए ।
तेश्रो प्यानल वक्ता स्मार्ट कृषि र कृषि बजार डट कमका प्रबन्ध श्री अनिल रेग्मीले निजी, सरकारी र गैर सरकारी संस्थाहरूमा समन्वय भन्दा पनि प्रतिस्पर्धात्मक प्रवृत्ति हावी भएको कुरा छलफलमा राखेका थिए । आइएफडीसी बाट पालेका बरिष्ठ माटो वैज्ञानिक डा. यम नाथ गैरेले नेपालले निर्माण गरेको डिजिटल माटो नक्सा र यो नक्साको प्रयोगका बारेमा वृस्तृत रूपमा चर्चा गरे ।
अन्तिम प्यानल वक्ताको नेपाल सरकार कृषि तथा पशु विकस मन्त्रालिका जीआइएस र आइटी शाखाका प्रमुख शिव नन्नद शाहले नेपाल सरकारले कृषिलाइ डिजिटलिकरण गर्दै आएको कुरा बताए । प्यानल छलफल सकिएपछि प्यानल वक्ता र अन्य वक्तालाइ घाम पावर नेपालका कृषि शाखा प्रमुख आवर्त पाण्डे ले मायाको चिनो प्रदान गरे ।
कार्यक्रमको अन्तिममा विभिन्न संघसंस्थाबाट पालेका व्यक्तित्वहरू सँग जोडिने र नेटवर्क गर्ने काम भयो । कार्यक्रमकै दौरानमा एउटा छुट्टै स्टल राखेर घाम पावर नेपालले विकास गरेको घाम पावर कृषि मिटर लगायत अन्य सेन्सरहरू र सुपर कृषक एपको प्रत्यक्ष प्रदर्शन कार्यक्रम पनि सम्पन्न गरिएको थियो ।
नेपालमा समुन्नत कृषिको लागि सबै सरोकार वाला संस्था बीच प्रतिष्प्रधात्मक नभई समन्वयकारी भूमिका खेली कृषि विकासको लागि डिजिटलीकरणको अहम भूमिका रहनेमा सबै सहभागीको सहमति रहेको थियो ।